“अभियान र समाज द्वारा झापाका स्थानीय निकायलाई सहयोग “

  • 49
    Shares


बिर्तामोड, जेठ २४ । झापाको बुद्धशान्ती गाउपालिका सहित जिल्लाका ७ वटा पालिकालाई मेची अभियान र अन्तरास्ट्रिय झापाली समाजले आज छुट्टाछुट्टै स्वास्थ सामाग्री बितरण गरेका छन् ।

आज गाउपालिकामा पुगेर मेची अभियानका तर्फ बाट नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकास शर्मा र समाजका उपाध्यक्ष नवीन पोखरेलले पालिका अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेल लाई सो सामाग्री प्रदान गर्नुभएको थियो ।

मेची अभियानले १सय थान भि.टी.एम. १सय थान मास्क, ५ थान पी. पी.ई र १ कार्टन सेनीटाइजर उपलब्ध गराएको थियो । त्यसैगरी समाजले १सय थान भि.टी.एम हस्तान्तरण गरेको थियो ।

सो हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै कांग्रेस प्रबक्ता बिश्वप्रकास शर्माले यो संकटको बेलामा सबै नेपाली ले आ आफ्नो तर्फबाट योगदान गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । उहांले अहिले सरकारलाई सबैले साथ दिएको छ भन्नुहुदै सरकारले पनि एक पक्षीय नबनी सबै जनताको रक्षामा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै समाजका उपाध्यक्ष नवीन पोखरेलले यो संकटको बेला समाजको तर्फबाट सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको बताउदै आगामी दिनमा पनि पुनः यस्तो सहयोग गर्ने प्रतिवद्दता जनाउनुभयो ।

सो कार्यक्रममा सामाग्री ग्रहण गर्दै गाउपालिकाका अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेलले सहयोही संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

आज समाज र अभियानले बुद्धशान्ती गाउपालिका, भद्रपुर नगरपालिका ,बाह्रदशी,झापा,गौरादह र गौरिगंज गाउपालिकामा पुगेर ती स्वास्थ्य सामाग्री बितरण गरेको हो ।

यश अघि हिजो समाजले जिल्लाका बिर्तामोड अर्जुनधारा कन्काई नगरपालिका र हल्दिबारी गाउपालिकामा सामागरि बितरण गरिसकेको छ । जिल्लाका १५वटै स्थानीय निकायलाई ती स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम रहेको अभियानका संयोजक बिजय डालमियाले बताउनुभयो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्