झापाका युवाको जापानमा मृत्यु

  • 65
    Shares

बिर्तामोड जेठ १७ । नदिमा पौडी खेल्ने क्रममा डुबेर जापानमा एक नेपालीको मृत्यु भएको छ । तोत्थिगी स्थित किबीगार्बा भन्ने नदीमा डुबेर झापा कचनकबलका २१ बर्षिय दिलीप सापकोटाको मृत्यु भएको हो ।

सन २०१८ अक्टोबर १४ तारिख मा बिद्यार्थी भिसामा जापान पुगेका २१ बर्सिय सापकोटा गएको बिहीवार साथीहरू संघ त्यहाँ पौडी खेल्ने गएका थिए । त्यहाको स्थानीय समय अनुसार करीब ३ बजे नदीमा पुगेका उनलाई साथीहरुले एक्लै नदीमा नपस्न आग्रह गर्दा गर्दै हामफालेको शंकर के.सी ले जानकारी दिएका छन ।

नदीमा बेपत्ता भएका सापकोटाको साथीहरुले खोजी गरेपनी नभेट्टाएपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हेलिकप्टर मार्फत खोजी गरे पनि नभेटेपछि डुङ्गाको प्रयोग गरेर करीब २ घन्टा पछि घट्ना स्थल नजिकै शब फेला परेको थियो ।

उनको शबलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । लकडाउनको कारण हवाई सेवा बन्द भएको कारण उनको शबलाई उहीँ नै अन्त्यस्टी गर्ने तयारी भएको बताइएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्