झापाको बिर्तामोडमा लकडाउन उलंघनका घटना बढ्डो

  • 113
    Shares


बिर्तामोड , बैशाख २३ । लकडाउनको कारण मुलुक नै ठप्प भएको अवस्थामा झापाको बिर्तामोडमा भने दिन प्रतिदिन लकडाउन उलंघनका घटना बढेका छन् ।

स्थानीय बिर्तामोड स्थित कृषिथोक लाईनमा भने लकडाउन हो या होइन ठम्याउन गाह्रो भएको छ । सर्वसाधारणको बाक्लो उपस्थित र भीडभाडको कारण कृषिथोक लाइनमा लकडाउन नभएको प्रष्ट देख्न सकिन्छ ।

सरकार कोरोना भाइरस नियन्त्रण गर्ने प्रयासमा जुटिरहेको अवस्थामा सर्वसाधारण बाट हुन थालेका यस्ता उलंघनका घटनाले कोरोना नियन्त्रण बाहिर जान सक्ने स्थानीय प्रशासनको ठम्याइ छ ।

सरकारले लकडाउनको समयसीमा बढाउदै लगे पछी सर्वसाधारणलाई दैनिक आवस्यक पर्ने अत्यावश्यक सामान खरिद गर्न बिहान ८ देखि ११ बजे सम्म समय निर्धारण गरिएको छ । तर उक्त समय भित्र सुरक्षाको प्रवन्ध मिलाएर सामाजिक दुरी कायम गर्दै सामान खरिद बिक्री गर्न प्रशासनले छुट दिए पनि सर्वसाधारणले त्यसको दुरुपयोग गरेको प्रहरीको भनाइ छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्