१० विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै

  • 30
    Shares

काठमाडौं, बैशाख १० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फ्रेन्समार्फत सबै विश्वविद्यालयको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । त्यही बेला मन्त्री पोखरेलले मन्त्रालयमा आ–आफ्नो पढाइ शुरू गर्ने योजनासहित प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन्। लगत्तै मन्त्रालयमा सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको थियो ।

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव रामशरण सापकोटाले सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको र सोहीअनुसार काम शुरू गरिसकेको बताएका छन् । उनका अनुसार मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको, केही विभागले कार्ययोजना निर्माण गरिसकेको जनाएका थिए ।

त्यस क्रममा अधिकांश विश्वविद्यालयले मेडिकल र ननमेडिकल विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेको विवरण पेस गरेका छन् । मन्त्रीको निर्देशनअनुसार १० वटै विश्वविद्यालयले आ–आफ्नो योजना पेस गरेको महाशाखाले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्