इन्धन ढुवानी नियमित हुने

काठमाडौं, चैत १० । कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने आशंकामा सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने निर्णय गरे पनि इन्धन ढुवानी सुचारु हुने भएको छ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार सरकारले इन्धनको ढुवानीलाई सुचारु राख्ने निर्णय गरेको छ। पेट्रोल, डिजेल, खान पकाउने एलपिजी ग्यास, हवाई इन्धन नियमित रुपमा ढुवानी हुने पौडेलले बताए।

‘मानिसको आवतजावतमा बन्द गरे पनि इन्धन ढुवानी रोकिँदैन, उनले भने, ‘अन्य अवस्थामा जस्तै ढुवानी हुन्छं ।’नागरिक दैनिकबाट

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्