पोर्चुगलमा एक नेपाली कोरोना भाइरसबाट संक्रमित

  • 22
    Shares

पोर्चुगलमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पोर्चुगलको फारोमा कृषि मजदुरको रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

फारोको मेयरका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना संक्रमित नेपाली सहित अन्य बिरामीको पुष्टि भएको हो । संक्रमित भएका नेपालीको पहिचानबारे केही पनि खुलाइएको छैन ।

उक्त क्षेत्रमा रहेका मानिसहरुलाई घरमै रहन र भेला नगर्न आग्रह गरिएको छ । त्यस्तै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पोर्चुगलमा एकदिनमा नै ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सबैभनदा धेरै सैक्रमित फेला परेको यो पहिलो घटना हो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्