स्वास्थ्यकर्मी द्धारा झापामा अनुगमन

भद्रपुर, फागुन २९ । कोरोना भाइरसको जोखिम र संक्रमणको हल्ला फैलिरहेको बेला विहीवार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको एक टोलीले झापाका बिभिन्न सिमावर्ती क्षेत्र तथा अस्पतालमा अनुगमन गरेको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश न १ बिराटनगरका निर्देशक डा चन्द्रदेव मेहेता सहितको टोलीले भद्रपुर स्थित नेपाल भारत सिमामा खडा गरिएको हेल्पडेस्क लाई अझ प्रभावकारी बनाउन दुइजना जनशक्ति थप गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।

टोलीले मेची अञ्चल अस्पतालको अनुगमन गरी त्यहाँ स्थापना गरिएको आइसुलेसन कक्षलाई सुरक्षित र ब्यवस्थित गर्ने गरि नजिकै रहेको स्वास्थ्य तालिम भवनमा सार्ने निर्णय गरिएको छ ।

त्यस्तै टोलीले बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा राखिएको आइसुलेसन कक्षको समेत नीरिक्षण गरेको सो अस्पतालले जनाएको छ ।

टोलीमा निर्देशनालयका निर्देशक डा. चन्द्रदेव मेहेता, खोप अधिकृत उदेश क्षेष्ठ, मेची अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. पिताम्बर ठाकुर, स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी प्र पौडेल, फोकल परशन-जीवन चम्लागाई, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्