नेपाललाई पहिलो झड्का

  • 6
    Shares

काठमाडौं । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाईल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

थाइल्यान्डले दिएको ६७ रनको सामान्य लक्ष्य पछएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा पारस खड्का आउट भएका छन् । पारसले नेपालका लागि ९ रन बनाएर आउट भए । उनलाई नोफनले बोल्ड आउट गराएका हुन् ।

यसअघि थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सम्र्पूर्ण विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्