मलेशियामा एक नेपालीको मृत्यु

  • 1
    Share

तुलसीपुर। मलेशियामा एक नेपालीको मृत्यु भएको छ। बैदेशिक रोजगारीका लागि एक महिनाअघि मात्र मलेसिया गएका शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो।

गत असोज २१ गते एक्कासी बेहोस भएका केसीको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको आफन्त सुरेश ओलीले बताए। केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’मा काम गर्थे।

केसीको शवलाई सोमवार नेपाल ल्याउने तयारी रहेको बताईएको छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्