झापाको भद्रपुरमा ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता

  • 21
    Shares

भद्रपुर । झापाको भद्रपुरमा ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

भद्रपुर जेसिजले भ्रमण वर्ष सन् २०२० प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा विकास घिमिरे प्रथम, चन्द्र प्रधान दोस्रो र नवीन कार्की तेस्रो भएका छन्। प्रथम हुनेलाई नगद २ हजार, दोस्रो हुनेलाई १५ सय र तेस्रो हुनेलाई एक हजारले पुरस्कृत गरिएको थियो। नेपाल-भारतको सीमा नाका मेची पुलमा कार्यक्रमको उद्घाटन गर्दै व्यानरसहित पदयात्रा गरी भद्रपुरमा मावि पुगेका थिए। भद्रपुर माविमा मोटरसाइकल रेस प्रतियोगिता गरिएको थियो।

भद्रपुर जेसीजका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतका जनप्रतिनिधि, सुरक्षाकर्मी, जेसिजकर्मी, नागरिक समाज, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्