झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम सुरु

  • 13
    Shares

झापा,फागुन १३ । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् । धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ ।

अझ सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् । उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष सङ्घीय सरकारबाट रु एक करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।

झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।
उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात (हाइब्रिड) मकैखेती गर्दै आएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्