काठमाण्डौ । क्यानडा सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधमण्डल नेपाल भ्रमणका लागि साेमबार काठमाण्डौ आइपुगेकाे छ । बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नु भएका सभामुख फ्युरीले बिहान साढे ११ बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँग भेट गर्ने कार्यक्रम छ ।
उहाँले दिउँसो २ बजे राष्ट्रियसभा बैठक अवलोकन गर्नुहुनेछ भने दिउँसो २ बजेर २० मिनेटमा नेपाल क्यानडा संसदीय मैत्री समूहसँग भेट गर्ने कार्यसूची छ । मङ्गबार भोली बिहान प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गर्ने कार्यक्रम छ भने दिउँसो १२ बजेपछि पाटन सँग्रहालयको भ्रमण गरि दिउँसो साढे २ बजे स्वदेश फर्किने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
Facebook Comments