चारपाने हत्या प्रकरण : दुई जना पक्राउ गरि सार्वजनिक

  • 237
    Shares

बिर्तामोड नगरपालिका – २ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको संवेदनशील अंग (अण्डकोष सहितको गुप्ताङ्ग) छिनाएर भारतीय नागरिकको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गर्दै आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाका बारेका जानकारी गराउनु भएको थियो । उहाँका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गर्दै स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा चौधरी र यादवले शब जलाएका हुन् । शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदुरी गर्दै आएका थिए । सोमवार साँझ यावद, चौधरी र शेखले चारपानेको एक स्थानीय होटलमासंगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पु¥याएको र संवेदनशील अंग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्