करिनाको तारिफ गर्दा गर्दै आलिया ले निकालिन् यस्तो अश्लिल शब्द(भिडियो)

एजेन्सी। बलिउडकी चुलबुली अभिनेत्री आलिया भट्टको सुन्दरता र अभिनय क्षमताको बयान गरेर साध्य नै छैन। यसका अलावा उनि बेलाबखतमा बिना सोच विचार गरेर बोलेकाले चर्चामा छाउने गरेकी छिन। एक इभेन्टको दौरानमा आलियाले करिनाको तारिफ गर्दा गर्दै अश्लिल शब्दको प्रयोग गरेकी छिन।

केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलमा सहभागी भएकी आलियाले करणसंगको कुराकानीमा एक प्रश्नको जवाफमा करिनाको तारिफ गर्न सुरु गरेकी थिइन् । सोहि क्रममा उनले भनिन्, ‘करिनाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मानिसहरु भन्छन् कि विवाह भएपछि जीवन थोरै स्लो हुन्छ तर करिनाको यस्तो भएन । कतिले बच्चा भएपछि जीवन स्लो हुन्छ पनि भन्छन् तर उनको यस्तो पनि भएन । उनी हाम्रो लागि प्रेरणाकी स्रोत बनेकी छिन् । ’

आलियाले थपिन्, ‘हामी सधैं उनको तस्बिर हेर्‍छौं र उनको जिम लुकको तारिफ गर्छौं । हामी सोच्छौं कि उनी कति हट छिन् । उनी कहिले यति सुन्दर र हट देखिन बन्द गर्छिन् ? यहाँसम्म कि उनी ट्र्याक पाइन्ट , चप्पल र टिसर्टमा पनि अति नै हट देखिन्छिन् ।’

यति भन्दा भन्दै आलियाको मुखबाट अश्लील शब्द निस्कन्छ जसलाई सुनेर कारणले आश्चर्यचकित हुदै दुवै हातले मुख छोपे र कडा स्वरमा आलियालाई भने, ‘के मैले तिमीलाई यसरी नै हुर्काएँ ?’

हेर्नुहोस भिडियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्