रोनाल्डो खेल जीवनको ६९९ औं गोल

  • 1
    Share

एजेन्सी । क्रिस्टियानो रोनाल्डो खेल जीवनको ७०० औं गोलका लागि एक गोल प्रहारमात्र टाढा छन् । युरो कप फुटबल छनोट खेलमा लक्जेमवर्गविरुद्ध गोल गरेपछि उनी ७०० औं गोल नजिक पुगेका हुन् ।

गएराति भएको खेलमा फुटबल स्टार रोनाल्डोले पोर्चुगलका लागि दोस्रो गोल गर्दै करिअरकै ६९९ औं गोल गरे । आफ्नो देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीको किर्तिमान बनाउनबाट केही गोल मात्र बाँकी छ । जुभेन्टसबाट खेलिरहेका रोनाल्डो पछिल्लो समय फर्ममा छन् । यति उनले एक गोलमात्र गरेमा ७०० गोल गर्ने सँसारका छ खेलाडीमध्येमा पर्नेछन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्