काग्रेशमा नेतृत्व परिवर्तन हुनुपर्छ : महामन्त्री डा. कोईराला

  • 64
    Shares

बिर्तामोड,पौष २८ गते । नेपाली काग्रेशका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशन बाट नेतृत्व परिवर्तन हुनुपर्ने बताउनु भएको छ । उहाँले पार्टीलाई एक ढिक्का बनाउन र जनताको अपेक्षा पुरा गर्न पनि पार्टीको नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस यूनियन झापा शाखाले सोमवार बोर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले पार्टी एकता नभएकै कारण गएको निर्वाचनमा हार बेहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एक ढिक्का बनाएर जनताका आकांक्षा पुरा गर्न पार्टीका शिर्ष नेताहरुमा सहमती भएको दावी गर्नुभयो ।

महामन्त्री कोइरालाले वर्तमान सभापती देउवा संग कुनै सपना नभएको बताउँदै आफु संग धेरै सपना भएको उल्लेख गर्दै आगामी महाधिवेशनमा सभापतीको उम्मेद्धारको लागि आफुलाई घुमाउरो पारामा संकेत गर्नुभयो । उहाँले भन्नुभयो हामी ४,५ जना मध्ये कोही एक सभापती हुन्छौ त्यसको लागि आन्तरिक सहमति बनाउछौ ।


उहाँले वर्तमाना सरकार भ्रस्टाचार र घुसको दलदलमा फसेको उल्लेख गर्दै जनपक्षीय र समृद्धको सवालमा सरकारले माखो पनि मार्न नसकेको आरोप लगाउनुभयो । हालै सरकारले अमेरिका संग गरेको एमसीसी सम्बन्धि सम्झौतामा राष्ट्रघात हुने बुदा बाहेक अरु बुदामा पार्टीको सहमति रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्नुहुदै पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य दीपक गिरीले बर्तमान सरकारले एक पछि अर्को बिभिन्न बहानामा बिधेक ल्याएर लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै जनताको मुख थुन्न उद्दत रहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरिता प्रसाइले सरकारले संसदलाई अनिर्णयको बन्दी बनाएर जनताको सार्वभौम अधिकारमाथी प्रहार गरेको आरोप लगाउनुभयो । वहाँले सूचना प्रबिधि बिधेकलाई तत्काल छलफलमा ल्याएर सच्याउनु पर्ने बताउनुभयो।

प्रेस यूनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य प्रेस यूनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाईले गर्नुभएको थियो । सो कार्यक्रममा, पार्टीका कार्यवहायक सभापती राम कट्टेल, कोषाध्यक्ष केशव पाण्डे, भगीरथ पोद्दार, लोकराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्