एजेन्सी,२८ पौस । साउदी अरबको उत्तरी भाग ताबुकमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ ।
अरब न्यूजका अनुसार हिउँले जबल अल–लावज, अल–दाहेर र अल्कान पर्वत ढाकिएको छ । अरबको यो उत्तरी भाग पर्यटकबीच निकै लोकप्रिय छ । यो इलाकामा अत्यधिक ट्राफिक हुने भएकाले सरकारले यहाँको सुविधा लगातार बढाइरहेको छ ।
अरब न्यूजका अनुसार यो इलाकाको तापक्रम माइनसमा पुगेको छ । प्रशासनले मानिसहरुलाई यो मौसमका लागि सतर्क बनाएको छ । मौसम विभागले ताबुक, मदीना र उत्तरी सीमावर्ती इलाकामा भारी वर्षाको पनि चेतावनी दिएको छ ।
अरबी पत्रिका अशराक अल–अवसातका अनुसार साउदी अरब हरेक वर्ष जबल अल लावज, जबल अल–ताहिर र ताबुकमा जबलल अल्कान पर्वतमा दुईदेखि तीन हप्तासम्म हिमपात हुन्छ ।
यो पहाड साउदी अरबको उत्तर पश्चिम इलाकामा छ । साउदीमा यहाँ हिमपात भएपछि निकै हलचल हुन्छ ।
Facebook Comments