बिर्तामोडबाट नक्कली नोट सहित दुई जना पक्राउ

  • 57
    Shares

झापा,२२ पुस । बिर्तामोड नगरपालिका-५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्